मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा थप ३५ हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित

शनिबार, ०२ असोज २०७८, २२ : ३२
शनिबार, ०२ असोज २०७८

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन् ।  सोही अवधिमा २१८ जनाको भाइरस सङ्क्रमण कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ ।  एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो । 

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ ।  गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १४ लाख ४८  हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप