द भ्वाइसका विजेता किरणको नयाँ गीत ‘एकैछिन’
शनिबार, ०२ असोज २०७८, २२ : ०१
गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन’ ३ विजेता किरण गजमेर र गायिका मेलिना राईको युगल स्वर रहेको बोलको गीत बनेको छ । प्रेमी प्रेमिका एक अर्काे बिना तड्पिएको पीडा र छट्पटी व्यक्त गरिएको गीतको शब्द गोपाल लोहारले कोरेका हुन् । गीतमा वसन्तको संगीत र विषम आचार्यको संगीत संयोजन छ ।
गीतको आकर्षक भिडियो निर्माण भएको छ । जसको छायाँकन ललितपुरको गोदावरीमा गरिएको हो । भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने बीचको अनस्क्रिन प्रेम र रोमान्स समेटिएको छ । श्याम तामाङको छायाँकन, विकास दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्यामाको संयुक्त निर्देशनमा तयार पारिएको हो । यसअघि गायक गजमेरले ‘किन मायामा’ गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा