शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रगतिशील पत्रकारको काठमाडौं जिल्ला अध्यक्षमा दानी

शनिबार, ०२ असोज २०७८, २१ : ४८
शनिबार, ०२ असोज २०७८

प्रगतिशील पत्रकार संघको काठमाडौंको अध्यक्षमा रोशन दानी चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाले दानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको बताइएको छ । समितिको उपाध्यक्षमा विपिन पोख्रेल, सचिव लक्ष्मण बेल्वासे र कोषाध्यक्षमा किरण पाण्डे चयन भएका छन् । सदस्यहरूमा सुमन चापागाईँ, अस्मिता क्षेत्री, गणेश विक, निरुल महर्जन र लक्ष्मी चौधरी रहेका छन् । 

नव निर्वाचित अध्यक्ष दानीले आमसञ्चारकर्मीको अधिकार र श्रमजीवी पत्रकारको पक्षमा लडिरने बताएका छन् । 

‘उत्पीडनमा परेका समुदाय र आवाज विहिनहरुको पक्षमा काम गर्दै विकृति र विसंगतीको विरुद्ध लड्छु’ दानीले रातोपाटीसँग भने । भेलाले प्रकाश थापा मगर, लक्ष्मणदेव पाण्डेय र गोपाल सुवेदीलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रममा प्रगतिशील पत्रकार संघ, नेपाल बागमती प्रदेश अध्यक्ष रमेश पौडेलले नयाँ समितिको कार्यकाल चुस्त, दुरुस्त ढंगबाट पत्रकारको हकहितमा काम गर्न सुझाव दिए । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले राष्ट्रियताको लडाई आमसञ्चार जगत सशक्त रुपमा लड्नुपर्ने बताए । आम सर्वहारा र उत्पीडित वर्गको न्यायका लागि आम पत्रकारहरुले कलमको माध्यमबाट निरन्तर लागि रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप