शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा सवारी दुर्घटना, युवकको मृत्यु

शनिबार, ०२ असोज २०७८, २१ : ०१
शनिबार, ०२ असोज २०७८

पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा आज विङ्गर गाडीले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अमृत महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा ओभरटेक गर्ने क्रममा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनापश्चात विङ्गर इलाका प्रहरी कार्यालय धनगढीमा राखिएको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप