बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको हुँः अष्टलक्ष्मी शाक्य

शनिबार, ०२ असोज २०७८, १७ : ३५
शनिबार, ०२ असोज २०७८

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन् ।  महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् । 

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन् । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो ।

नेता नेपालको नेकपा एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् । उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएको बताइन् । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप