सुन लुट्न हजुरआमा मार्ने नाति पक्राउ
बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।
रिखीदेवीको गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथली गा.पा. वडा नं. ७ अन्तर्गत पर्ने लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
सुवासले प्रहरीसमक्ष हजुरआमाको हत्या गरेको स्वीकार गर्नुका साथै कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा रहेको सुनकै फुली लुटेर सोही दिन बिक्री गरेको पनि स्वीकार जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । उनले सोही साँझ ७ बजेको समयमा पुनः घटनास्थलमा गई लासलाई घरभित्रबाट ल्याएर खाडलमा पुरेको पनि बयान दिएको खड्काको भनाइ छ ।
सुवासविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी भदौ ३१ गतेबाट लागु हुने गरी अदालतबाट दिन सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित