मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

शनिबार, ०२ असोज २०७८, १४ : १७
शनिबार, ०२ असोज २०७८

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । 

बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 

गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप