२१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न
काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इनाखास्थित मन्दिर २१ औँ गणेश मन्दिरको उद्घाटन गर्दै महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताएका हुन् ।
महानगरले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिरहेको बताउँदै उनले यहाँ रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुराहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मेयर शाक्यले काठमाडौँ आउने पर्यटकहरूले काठमाडौँ घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरू जोगाइरहनुपर्ने बताए ।
मेयर शाक्यले भने, ‘हामीले सांस्कृतिक शहर, काठमाडौँ महानगर भनेर घोषणा गरेका छौँ । त्यहीअनुसार हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकता यहाँको सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न दिएका छौँ । अब यसलाई पर्यटनसँग जोड्ने हाम्रो सिद्धान्त हो । त्यही अनुसार हामीले काम गर्दै गइरहेका छौँ । यस वर्षको बजेटमा पनि हामीले पहिलो प्राथमिकता पूर्वाधार, दोस्रो सम्पदा पुनर्निर्माणमा छ ।’
तर, मेयर शाक्यले कतिपय स्थानमा पुरातत्त्व विभागसँग समन्वय हुन नसकेको र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सारा अली खानसँग विक्रान्त मैसीले किन मागे माफी ?
-
सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ब्रम्हायणि नदीमा बेपत्ता भएकाको शव
-
नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा चित्र सुवेदी निर्वाचित
-
उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या
-
दुई वर्षभित्र सुकुम्वासी, मुक्त हलिया र मुक्तकमैया समस्या समाधान गर्ने
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो