मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जोरपाटीबाट २० जना जुवाडे पक्राउ

शनिबार, ०२ असोज २०७८, १३ : ०२
शनिबार, ०२ असोज २०७८

काठमाडौँको जोरपाटीबाट २० जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट उनीहरुलाई ४ लाख ७४ हजार ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।

जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८ थान  चेक र १०० थान कौडा पनि प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप