शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बस दुर्घटनामा १८ जना घाइते

शनिबार, ०२ असोज २०७८, ०९ : १२
शनिबार, ०२ असोज २०७८

बुटवल । शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस  सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्। 

काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए । 

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको  कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप