शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युती​य धरापमा परी बर्दियामा ३ जनाको मृत्यु

शनिबार, ०२ असोज २०७८, ०८ : ५७
शनिबार, ०२ असोज २०७८

 गएराति धान खेतमा  बँदेल लगायतको जंगली  जनावर धपाउन बिछाएको विद्युतीय धरापमा  (पासो) परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय धरापमा परि  मृत्यु भएको  वर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

  'हामीलाई राती १ बजेतिर मात्रै थाह भएको हो' , एसपी कार्कीले भने, 'धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई हामीले  नियन्त्रणमा लिएका छौं ।'

 घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले बताए ।  स्थानीयका अनुसार धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पु¥याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो ।   घटनाको ईलाका प्रहरी कार्यालय भुरिगाउँले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप