बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको देवाही गोनाहीमा बालिकाको डुबेर मृत्यु

शनिबार, ०२ असोज २०७८, ०६ : ४०
शनिबार, ०२ असोज २०७८

रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको छ। पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो ।

देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर  बालिका साहको मृत्यु भएको हो ।
 ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको बताए । 

यस अघि  देवाही गोनाही  ७ का वडा अध्यक्ष जगरनाथ यादवको  निर्माणधिन पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको थियो। घोंगी  लिन पोखरीमा गएकी  कटहरिया नगरपालिकाको वडा नम्बर ६ का १० बर्षिय निशु कुश्वाहा र बृन्दावन नगरपालिकाको वडा नम्बर २ का १४ बर्षिय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख श्रीराम भण्डारीले जानकारी दिएका थिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप