शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिनावारीमा देखिने यस्ता लक्षण ‘ब्लड क्यान्सर’ को सङ्केत

शनिबार, ०२ असोज २०७८, ०६ : ०१
शनिबार, ०२ असोज २०७८

कहिले काहीँ सामान्य देखिने लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या आइपर्न सक्छ । जसकारण ज्यान समेत जान सक्छ । विशेष गरी, महिनावारीको समयमा देखिने हरेक लक्षणहरूलाई ध्यान दिन आवश्यक भएको चिकित्सकहरू बताउँछन् । 

डेलीमेलका अनुसार बेलायतमा बस्दै आएकी १९ वर्षीया किशोरी क्याथरीन होक्सलाई ‘हेबी पीरियड्स’ को समस्या थियो । क्याथरीन आमाबुबासँग अलग बसेर पढाइ गरिरहेकी थिइन् । एक दिन क्याथरीनलाई अत्यधिक थकाइ लाग्यो । र उनी अचानक बेहोस भइन् । त्यसपछि उनले हेबी पीरियड्सको बारेमा डाक्टरलाई बताउने निर्णय गरिन् । त्यसपछि डाक्टरले उनलाई ब्लड क्यान्सर भएको बताए । डाक्टरले केही हप्ता मात्रै ढिलो भएको भए उनको ज्यान समेत जान सक्थ्यो । 

क्याथरीनको हेबी पीरियड्स एक्युट प्रोमायलोसाइटिक ल्यूकेमिया ९० को लक्षण थियो । जुन तीव्र रूपमा ब्लड क्यान्सरमा परिवर्तन भयो । पहिले क्याथरीनले जनरल फिजिशियनलाई नियमित जाँचका लागि रगत परीक्षण गर्न दिइन् तर उनलाई तुरुन्तै हस्पिटल भर्ना हुनुपर्ने भन्दै अस्पतालबाट फोन आयो ।

डाक्टरले उनलाई ल्युकेमिया भएकाले तुरुन्तै उपचार सुरु गर्नुपर्ने बताए । यस्तो समयमा बोन म्यारोले धेरै अपरिपक्क सेतो रक्त कोशिकाहरु बनाउन थाल्छ । जसकारण शरीरका अन्य अङ्गहरूमा भएका कोशिकाहरूका लागि पर्याप्त ठाउँ हुँदैन । जसको कारण शरीरमा यसको कमी हुन थाल्छ ।  

रातो रक्त कोशिकाहरूले शरीरमा अङ्गहरूमा अक्सिजन फैलाउने काम गर्छ । यस्ता कोशिकाहरूको कमी हुँदा सास फेर्न मुस्किल हुन्छ । शरीरमा पीडा हुने र सुस्तता आउँछ । यो प्लेटलेट्सको कमी भएको सङ्केत पनि हुन सक्छ । डाक्टरका अनुसार थकान र छालासँग जोडिएका समस्याहरू र हेबी पीरियड पनि एपिएलको लक्षण हो । नाक र गिजाबाट रगत आउनुका साथै महिनावारीको समयमा अचानक परिवर्तन आउनु चेतावनीको सङ्केत हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरुले महिलाहरुले महिनावारीलाई बेवास्ता गर्न नहुने बताउँछन् । क्याथरीनका अनुसार उनले सुरुवाती दिनहरूमा हेबी पीरियड्समा ध्यान दिएकी थिइनन् । एक दिन ध्यान दिँदा उनको हात र गोडामा रगत जमेको दागहरू थिए । साथै छालाको रङमा पनि परिवर्तन आएको थियो । महिनावारीको समयमा उनी बेहोस हुन थालेकी थिइन् । उनले सुरुमा शरीरमा रगतको कमी भएको हुनसक्ने अनुमान गरिन् तर उनलाई गम्भीर समस्याले छोइसकेको थियो ।

डाक्टरका अनुसार क्याथरिनको शरीरमा सेतो रक्तकोशिकाहरुको १८६ पुगिसकेको थियो । जुन स्वस्थ व्यक्तिको शरीरमा १० हुन आवश्यक छ । उनको किमोथेरापी सुरु भयो । उनी ८ दिनसम्म कोमामा रहिन् । उनको कपाल झर्न सुरु भएको थियो । उनले नियमित रूपमा किमोथेरापी गराइन् । ५ महिनासम्मको उपचारपछि उनको उपचार सफल भयो । 

त्यसैले शरीरमा देखिने लक्षणहरूलाई सामान्य रूपमा नलिई समयमा नै डाक्टरको सल्लाह लिँदा ज्यान नै जानसक्ने समस्याबाट पनि बच्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप