शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

शनिबार, ०२ असोज २०७८, ०५ : ०५
शनिबार, ०२ असोज २०७८

 
वि.सं.२०७८ साल असोज ०२ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्घादशी, ,बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– धनिष्ठा,रातको ०४ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग–सुकर्मा, बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त धृति । करण– बालव, बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान ३० घडी ३२ पला ।  शनि प्रदोषव्रत इन्द्रध्वजोत्थान, मतछोएक, न्हुघया ।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।  स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ । 


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  पढाइ  लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेको छ । पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । 


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ ।  कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।  रचनात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाती रहनेछ । पति पत्नी बीच अविश्वास बढ्ने योग रहेको छ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरू बढेर जानेछ ।  साँझपख लामो दुरीको यात्रा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप