शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी सरकारले एक साताभित्र पूर्णता पाउने

सम्पर्क कार्यालय भालुवाङमा राखिने
शुक्रबार, ०१ असोज २०७८, २३ : ०२
शुक्रबार, ०१ असोज २०७८

लुम्बिनी प्रदेश सरकारले एक साताभित्र पूर्णता पाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रवार आयाेजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रिपरिषद्ले एक साताभित्र पूर्णता पाउने बताएका हुन् । 

उनले  प्रदेश सभा सुचारु गरेन बिषयमा विपक्षी दलसँग निरन्तर संवाद भैरहेको र केही समय ढिला भए पनि सहमति बाटै प्रदेश सभाको बैठक सुचारू गर्ने समेत बताए ।

यसैबीच शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

यसैगरी असोज ३ गते संविधान दिवसका अवसरका अवसरमा प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७  जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय पनि भएको छ । पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।

बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।
यस्तै बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ । यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत समेत गरेको छ ।
प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप