सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहोरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले शुक्रबारै पद तथा गोपनीयताको सपथ लिएका छन् । तारा लामा तामाङ तत्कालीन नेकपा कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद चुनिएका हुन् । सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।
प्रदेश सरकारमा एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै सरकारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा