कार्यकर्ताले नेता छान्ने विधि लागू गर्नुपर्छ : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको २४ औं क्याम्पस जिल्ला सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्नेमा जोड दिएका हुन् ।
माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका नेता शर्माले संगठनका हरेक तहमा युवाहरुले आफ्नो नेतृत्व आफै छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताए । ‘युवाहरु अघि बढ्नुस्, आफ्नो नेता तपाई आफै चुन्नुस्’ उनले भने ‘माथिबाट तोकिदिएको नेताले भन्दा चुनिएर आएको नेताले संगठन बनाउँछ, पार्टी बनाउँछ ।’ उनले पार्टीको नीतिबमोजिम विद्यार्थी संगठनमा समेत ३५ प्रतिशत संख्यामा महिला नेतृत्व चुन्न आग्रह गरे ।
शर्माले प्रतिस्थापन विधेयकमार्फत सरकारले देशका हरेक वडाहरूमा ‘लेडिज फष्ट’ (अर्थात महिला पहिला) कार्यक्रम ल्याएको उल्लेख गर्दै यसको मर्मबमोजिम हरेक निकायमा महिलालाई नेतृत्वदायी तहमा जिम्मेवारी दिन आग्रह गरे ।
यस्तै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको जानकारी दिँदै मन्त्री शर्माले अब हरेक विद्यार्थी स्वरोजगार हुँदै जानुपर्ने र हरेक विद्यार्थी कुनै न कुनै उत्पादनमूलक काममा समेत जोडिनुपर्ने बताए ।
विद्यार्थी संगठनको नेता नियमित रुपमा अध्ययनरत विद्यार्थी नै हुनुपर्ने भन्दै शर्माले शैक्षिक संस्थाबाट पास आउट भइसकेको व्यक्तिले पुस्तान्तरण गरी आफ्नो उत्तराधिकारी जन्माउँदै जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा !
-
इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी
-
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन
-
राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली