ढिलो चाँडो एमालेमा रहेकाहरु आफ्नो पार्टीमा आउने माधव नेपालको दावी

person explore access_timeअसोज १, २०७८ chat_bubble_outline1

नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमै रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने दावी गरेका छन् । 

शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । 

उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए । उनले भने, ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होईन । पुरानो पार्टी भित्रको क्रान्तिकारी धारले, नेकपा(एमाले) भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् । कतिपय मानिसहरु अझै त्यहाँ अल्मल्लिएका होलान्, असल मानिसहरु पनि भ्रमवश बसिरहेका होलान् । असल भावना भएका मानिसहरु पनि । ति व्यक्तिहरुले ढिलो चाडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरुलाई हामी स्वागत गर्नेछौँ ।’

अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु¥याउन पनि आग्रह गरे । 

कमेन्ट

  1. Sept. 17, 2021, 6:42 p.m. Bharat Guragain
    अब उमेर पनि गयो ।दिन पनि सि्ध्यियाे ।नेता बटुलेर तासको खाल बनाउन र खेल्न काम लाग्छ ।बिदेशी काे योजना मा पाटि फुटाउने लाई जनताको घर अाँगनमा जाउ त ? कुचो ले कुट्ने छन् ।माधब नेपाल लाई त मतदान गर्ने जनता ले एक पटक गाडी बाट अाेरालेर जनता सँगै हिलोमा हिड् भन्दा पिएस्अाे ले बन्दुक जनताको अगाडि ताकेकाे र सेताे बलेरेमा भागेको हामीले देखेका थियौ ।एमसिसि पास गर्ने उदेश्य ले भएको पाटि बिभाजन जनताको घर अाँगनमा जाउ न अनि थाहा पाउने छाै ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।