आन्तरिक प्रशिक्षणमा सीके राउतले सुनाए मधेस कब्जाको रणनीति
डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको दुई दिने विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा डा.सीके राउतले पुरै मधेस कसरी कब्जा गर्ने भन्ने रणनीति सुनाएका थिए ।
अलग्गै मधेस बनाउने अभियान छाडेर मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सीके राउतले पूरै मधेसमाथि आफ्नो कब्जा जमाउने रणनीति बनाउन लागेको एक केन्द्रीय सदस्यले बताए ।
उनका अनुसार सीके राउतले मधेसमा अरु कुनै पनि दललाई प्रवेश गर्न दिन नहुने भन्दै चुनावमार्फत जनमत पार्टीलाई एक नम्बरको पार्टी बनाउनुपर्ने र पूरै मधेसमाथि कब्जा गर्नुपर्ने धारणा प्रशिक्षणमा राखेका थिए । ‘हामी स्वतन्त्र मधेसका लागि लडेर आएका थियौं, त्यो अहिलेलाई छाडेका छौं तर पार्टीमार्फत अहिले पनि मधेसमाथि कब्जा गर्न सकिन्छ,’ सीके राउतलाई उद्धृत गर्दै ती नेताले भने, ‘पूरै मधेसलाई नियन्त्रणमा लिन सकिन्छ ।’
मधेसको करिब २६ सय वडामा हाल १६ सयभन्दा बढी वडास्तरमा जनमत पार्टीको संगठन विस्तार भएको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष राउतले बाँकी एक हजार वडामा ३ महिनाभित्र संगठन निर्माण गर्न निर्देशन दिएका छन् । उनले वडास्तरमा संगठन विस्तार गर्नका लागि केन्द्रीय सदस्यहरुलाई फरक फरक जिल्लामा तीन महिनासम्म खटाउने भएका छन् ।
‘संगठन माथिल्लो कमिटीले बलियो हुँदैन, तल्लो कमिटीले बलियो हुन्छ, सबभन्दा तल्लो कमिटी वडा कमिटी हो, वडा कमिटी जति बलियो हुन्छ, पार्टी त्यति नै बलियो हुन्छ,’ ती नेताले सीके राउतको भनाइ उद्धृत गर्दै भने ।
मधेसका हरेक जिल्लाका वडामा वडा स्तरीय कमिटी बनाउने र सोही कमिटीमार्फत तलदेखि नै कार्यक्रमहरु गर्दै आएपछि विस्तारै मधेसमाथि आफ्नो पार्टीको कब्जा हुने धारणा राखेको ती नेताले सुनाए ।
मधेस कब्जाका लागि उनले पहिलो चरणमा ‘कभरेज अभियान’ सञ्चालन गर्ने, त्यसपछि अर्को अभियान सञ्चालन गर्ने योजना सुनाए । तर दोस्रो चरणको अभियानको बारेमा उनले नखुलाएको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै उजुरीकर्तालाई संसदीय सुनुवाइमा बोलाउन आवश्यक छैन, समिति पेलिने जोखिम हुन्छ : बुर्लाकोटी
-
चिनियाँ सेनाले रुसी सैनिकलाई गोप्य सैन्य प्रशिक्षण दिएको दाबी
-
मूल्य घटेसँगै यस्तो देखियो काठमाडौँका पेट्रोल पम्पको दृश्य
-
राहदानी खरिद प्रकरणमा जर्मन सरकारले ‘कटुतापूर्ण’ प्रतिक्रिया दिएको छैन : परराष्ट्रमन्त्री
-
‘माइकल’ बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक
-
विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
