बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, ०१ असोज २०७८, १६ : ३८

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका-९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरबाट फेला पारी पक्राउ गरेको हो ।
हिरालालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी