मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यार्सागुम्बा लुटपाटमा संलग्न ४ जना पक्राउ

शुक्रबार, ०१ असोज २०७८, १६ : २३
शुक्रबार, ०१ असोज २०७८

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट प्रहरीले यार्सागुम्ब लुटेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका–६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटिएको थियो ।

लुटपाटमा संलग्न आरोपमा मकवानपुर  घर भएका ३० वर्षीय नवराज सुनुवार र २७ वर्षीय बुद्धराज सुनुवार, नुवाकोट घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

यार्सागुम्बा लुटेको सुराक पाएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा बरामद गरेको छ । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत बिहिबार पक्राउ गरिएको परिसर, काठमाडौंले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप