देउवा जुटे महाधिवेशन सम्बन्धी छलफलमा, शीर्ष नेताहरु बालुवाटारमा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् ।
शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ । यसअघि शुक्रबार नै नेता मिनेन्द्र रिजालले देउवासँग भेटवार्ता गरि बालुवाटारबाट बाहिरिएका थिए । विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवासँग वान टू वान भेटवार्ता गरेका थिए ।
सभापतिका दाबेदार सिंहले देउवासँग वान टू वान संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । संस्थापन इत्तर पक्षका अन्य नेतासँग पनि संवाद बढाएको बालुवाटार स्रोतले जनाएको छ ।
यद्यपि देउवाको सचिवालयले सिंहसँगको भेटमा महाधिवेशनको समीकरण नभइ क्रियाशील सदस्यताबारे छलफल भएको बताएको छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी १३ जिल्लाका सन्दर्भमा छलफल अगाडि बढाएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए ।
सुर्खेत, कैलाली, डोल्पा, रसुवा, बाँके, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी, क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । २० जिल्लाका लागि असोज ५ गते तय गरिएको वडा अधिवेशन फेरि प्रभावित हुने अवस्था बन्दै गएपछि देउवाको सहमतिको खोजीमा जुटेको उनको भनाइ छ ।
भदौ १८ गतेदेखि २५ गतेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । उक्त समयमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा महाधिवेशन हुन सकेको थिएन । निर्वाचन समितिका संयोजक महादेव यादवले शनिबारसम्म सदस्यताको सूची नपाए ५ गतेको अधिवेशन पनि प्रभावित हुने संकेत गरे ।
यद्यपि विवाद टुंगिएका काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत खटाइएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले नेताहरु संवादमा रहेका भन्दै आज भोलिसम्म सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटरहरूले ओठ र अनुहारमा किन सेतो रङ लगाउँछन् ?
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन