मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दशैं तिहार धमाका, ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ शुरु

शुक्रबार, ०१ असोज २०७८, १५ : ५८
शुक्रबार, ०१ असोज २०७८

दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै टीभीएस मोटसाइकलले ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ योजना शुरु गरेको छ । चाडपर्व विशेष मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै टीभीएसका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकलमा बम्पर छुटसँगै नगद उपहार र एक्सचेन्ज सुविधा समेत ल्याएको हो ।

कम्पनीका अनुसार उक्त योजनामा मोटरसाइकल खरिद गर्ने तथा एक्सचेन्ज गर्ने ग्राहकले डाउन पेमेन्ट नै गर्नुनपर्ने जनाएको छ । पुरानो मोटरसाइकलको एक्सचेन्जमा ग्राहकले मूल्याङ्कन गरेभन्दा पनि १० हजार बढी पाउने र डाउन पेमेन्ट पनि गर्नु नपर्ने जनाएको हो । यस्तोमा थप ग्राहकले मासिक किस्ता बापत शुन्य प्रतिशत ब्याजदरको सुविधामा मासिक मात्र ५ हजार ९९९ रुपैयाँ किस्ता तिरे हुने जनाएको छ ।

जुनसुकै अवस्थाको मोटरसाइकल एक्स्चेन्जमा ल्याउने ग्राहकले टीभीएसको मोटरसाइकल वा स्कुटर जे किन्न चाहेपनि डाउन पेमेन्ट वापत रकम थप गर्न नपर्ने जगदम्बा मोटर्सले बताएको छ ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल दिने जनाएको छ । साथै, कम्पनीले एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस, दशैं स्कीमको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने व्यवस्था समेत मिलाएको छ ।

प्रि बुकिङ गराएर जाने ग्राहकले २ हजार रुपैयाँ बराबरको एसोशरिज र टेष्ट ड्राइभमा उपहार समेत जित्ने मौका पाउने कम्पनीको भनाई छ । हाल टीभीएसले नेपाली बजारमा विभिन्न किसिमका मोटरसाइकल र स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ भने पछिल्लो समय कम्पनीले नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गरि मोटरसाइकलको उत्पादन गर्ने चरणमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप