दार्चुलाका बाढी पीडितलाई कर्मचारीको सहयोग
शुक्रबार, ०१ असोज २०७८, १५ : १०

दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट सहयोग संकलन गरी एक लाख एक हजार रुपैयाँ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको हो ।
गत भदौ १३ गते आएको बाढी पहिरोबाट दुहुँ गाउँपालिकास्थित बस्पालीमा तीन घर पुरिनुका साथै दर्जन बढी घरमा क्षति पुगेको थियो । पहिरोमा परेर स्थानीय नरसिंह महराको ज्यान जानुका साथै उनका श्रीमती कौशीदेवी महरा बेपत्ता भएकी थिइन् ।
पीडितलाई थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रदेश इन्चार्ज तथा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत बलदेव कापडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी