धनुषामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
![धनुषामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/received_283743336591552_UtHGiZqAZG.jpeg)
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको मिथिला नगरपालिकास्थित ढल्केबरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादवको मृत्यु भएको हाे ।
स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम दुर्घटनामा परि घाइते भएका छन् ।
उनको स्थानीयस्तरमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या