शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

शुक्रबार, ०१ असोज २०७८, १४ : ४१
शुक्रबार, ०१ असोज २०७८

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राती नवलपरासी (पश्चिम) को सुनवल नगरपालिक–७ ज्यामिरेस्थित सडक लु ३७ प ६९५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णु चौधरीको मृत्यु भएको हो । 

सुनवल नगरपालिका–४ रमवापुर बस्ने २७ वर्षीय चौधरीको उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रहरी निरीक्षक राम पाण्डेले जानकारी दिए । गम्भीर घाइते चौधरीको  लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप