शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

शुक्रबार, ०१ असोज २०७८, १४ : ३४
शुक्रबार, ०१ असोज २०७८

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो । सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप