डिप्रेसन : सामूहिक हत्याको कारक
पछिल्ला वर्षहरूमा बालहत्या र सामूहिक हत्याका घटना बढ्दै गएका छन् । यस्ता घटनामा बढी आफन्तकै हात रहने गरेको छ । हालै सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १, उम्लिङ खोलामा यस्तै घटना भयो, जहाँ एकै परिवारको छ जनाको हत्या भयो ।
करीव डेढ वर्षअघि पाँचथर जिल्लामा पनि यस्तै सामुहिक हत्याको घटना भएको थियो । जिल्लाको मिक्लाजुङ आरुबोटे गाउँमा भएको उक्त घटनाको मुख्य दोषी मानबहादुर माखिम देखिएका छन् । उनी पनि आफन्तभित्रकै परिवारको सामूहिक हत्या प्रकरणमा संलग्न रहेका थिए ।
सुरक्षा स्रोतका अनुसार विगत चार वर्षयता २५ वटा यस्ता सामूहिक हत्याका घटना दर्ता भएका छन्, जहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसमेत गरी ६८ जनाले ज्यान गुमाएका थिए ।
खासगरी यस्ता घटनामा डिप्रेसन (मानसिक असन्तुलन) का बिरामीहरूको संलग्नता बढी रहेको पाइएको छ । सुरक्षा अधिकारीहरू भन्छन्– ‘प्रायः सामूहिक घटनाका दोषी कि डिप्रेशनको औषधी सेवन गरिरहेका देखिन्छन् कि औषधी सेवन गरी छाडेका व्यक्तिहरू पर्छन् । अप्रेशनपछि सामाजिक विभेद र पारिवारिक दुव्र्यवहार अर्को कारण हो । यसले पनि समस्या थप्ने काम गरेको छ । जब व्यक्ति सामाजिक विभेदको शिकार बन्छ, तब थप उत्तेजित हुन्छ र प्रतिशोध साँध्न सामूहिक हत्यासम्म पुग्ने गरेका हुन्छन् ।’
यस्ता घटना जघन्य अपराध हुन् भन्ने हत्याराहरूलाई थाहा नभएको होइन । जस्तोसुकै गोप्य ढङ्गले गरिएको भए पनि एक दिन पत्ता लाग्छ र दण्डित हुनुपर्छ भन्ने पनि थाहा पाएकै हुन्छन् । तैपनि मानिसले क्षणिक आवेगलाई थाम्न नसक्दा आपराधिक घटना हुन पुग्छन् ।
मनोवैज्ञानिकहरू भन्छन्– ‘मानिसको मनको गति नै यति बढी भयानक हुन्छ कि कतिबेला के सोच्न पुग्छ भन्नै सकिन्न । प्रत्येक दिन बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म मनमा आएका वा उठेका विचारहरूलाई टिपोट गर्दैै जाने हो भने ऊ आफैँ दङ्ग पर्नुपर्ने अवस्था आउन सक्छ ।’
मनमा आउने विचारहरूमा कति सकारात्मक हुन्छन्, कति नकारात्मक । जतिबेला यिनै नकारात्मक विचार वा कुण्ठा एकैसाथ बिस्फोट हुन्छ वा प्रकट हुन पुग्छ, तब हुने भनेको यस्तैखाले घटना नै हुन् । सुरक्षा निकायहरूका अनुसार सामुहिक हत्या जस्ता घटनाका विभिन्न कारण हुन सक्छन् । तिनमा विशेषगरी अभाव, गरिवी, डिप्रेसन, आर्थिक विचलन, अवैध यौन, असफल प्रेम, लागूऔषध सेवन आदि बढी रहेका छन् ।
हाल कोरोना महामारी र वैदेशिक रोजगारी पनि थप कारण बन्न पुगेका छन् । कोरोनाले कैयौँ ठूला ठूला व्यापारी र उद्योगपतिका समेत जीवनचक्र चरमराउन पुगेका छन् । वैदेशिक रोजगारीको अवस्था त्यस्तै छ । यसैका कारण कतिको पारिवारिक बिछोड भएको छ । कतिको लास आएको छ कतिको अस्तु । कति विदेशी अस्पतालमै मृत्युसँग जुधिरहेका छन् कतिको फर्कदा धनसम्पत्ति र श्रीमान्, श्रीमतीसमेत गुमेको अवस्था छ । तथापि मुख्य कारण डिप्रेसन नै रहेका छन् । अन्य कारण सतहमा देखिने मात्र हुन् बुझ्दै जाँदा कतैनकतै डिप्रेशनकै भूमिका भेटिने गर्छन् ।
उल्लिखित सङ्खुवासभा र पाँचथर जिल्लामा भएको घटनामा पनि यस्तै हो, जहाँका दोषीले डिप्रेशनको औषधी खाने गरेको पाएको छ । जब मानिस डिप्रेशनको तह बढ्दै गएर चरम अवस्थामा पुग्छ तब कि आफैँ समाप्त हुन्छ कि अरूलाई समाप्त गर्नेतर्फ लाग्छ ।
यस्ता मानिसले सुरूमा सामूहिक हत्या गर्ने योजना बनाएका हुँदैनन् । जुन व्यक्तिप्रति बढी रिस वा कुण्ठा हुन्छ वा छ, उसैलाई समाप्त गर्ने विचार हुन्छ । तर, घटनालाई कसैले देखेको छ वा उसलाई देखेको छ भन्ने लागेको हुन्छ, तब सबैलाई एकएक गरी समाप्त पार्ने मन बनाउँछ र सामूहिक हत्याको विभत्स तस्वीर खडा हुन पुग्छ ।
विशेषज्ञहरूका अनुसार डिप्रेशन आफैँमा रोग नभई समस्या हो । समस्या पनि खासै त्यति ठूलो होइन । समयमै नियमित औषधी सेवन गरे ठीक हुन्छ । तर, खाँदै छाड्दै गर्ने हो भने औषधीले पनि काम गर्दैन र समस्या बिकराल बन्न पुग्छ ।
यस्तो अवस्थामा मसल थेरापीलाई भरपर्दो विकल्प मानिएको छ । यो भनेको ‘प्रोग्रेशिव मसल रिल्याक्सेसन’ अभ्यास हो । यस अभ्यासलाई नियमित गराउन मात्र सकिए पनि डिप्रेशन नियन्त्रणमा धेरै सहयोग पुग्ने देखिन्छ ।
उदाहरणका लागि पंक्तिकार आफैँले भोगेको घटना प्रस्तुत गर्न चाहन्छु ।
करीब चार वर्षअघि पंक्तिकारलाई मस्तिष्कघात (ब्रेन स्टोक) भएको थियो । त्यसैको कारण पछि गएर एनजाइटीको समस्या देखियो । दुई वर्षजति नियमित औषधी खाएपछि ठीक भयो र चिकित्सककै सल्लाह अनुसार औषधी खान छाडिएको थियो । तर, केही महिनापछि समस्या यति बढी भयावह भएर दोहोरियो कि औषधीले छुनै सकेन । अन्त्यमा यही ‘प्रोग्रेशिव मसल रिल्याक्सेसन’ अभ्यासले ठीक ग¥यो, जुन १५ दिनको कक्षा थियो ।
हाल युट्युव च्यानलहरूमा यससम्बन्धी थुपै्र अभ्यास सक्रिय रहेका छन् । तिनमा ‘ज्याकवसन्स प्रोग्रेसिभ मसल रिल्याक्सेसन्स’ बढी प्रचलित देखिन्छन् । यसले मांसपेशीलाई सन्तुलित राखी मन र मष्तिष्कलाई शान्त र आराम राख्न सहयोग पु¥याउँछ । सय वर्षभन्दा अघिदेखि टेन्सन, डिप्रेशन, एनजाइटी आदि समस्यामा यसैको प्रयोग हुँदै आएको छ ।
पैसा पनि नलाग्ने, साइट इफेक्ट पनि नगर्ने र चिकित्सककहाँ धाइरहनु पनि नपर्ने, आफैँले युट्युवबाट डाउनलोड गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो ।
हालका दिनहरूमा नेपाली भाषामै पनि यस्ता अभ्यासहरू भेटिन थालेका छन् । पंक्तिकारको आफ्नै नाममा समेत यस्तै एउटा च्यानल क्रियाशील छ ।
यो पनि...
सयौँ वर्ष पूर्व पत्ता लागेको यस प्रविधिलाई हजारौँ वर्ष अघि हाम्रा ऋषिमुनिहरूले पत्ता लगाएका प्रविधिलाई समेत समावेश गरी यो अभ्यास बनाइएको छ । औषधी एउटा पाटो हो, उसको साइट इफेक्ट पनि हुन्छ । आर्थिक पाटोको कुरो पनि आउँछ । फेरि अलिकति तलमाथि पर्ने बित्तिकै असाध्य बन्नसमेत बेर लगाउनन् तर यसमा कुनै समस्या छैन । न औषधी, न चिकित्सक, न आर्थिक समस्या । घरमै बसेर बिना पैसा उपयुक्त समयमा गर्न सकिन्छ । १५ दिनसम्म नियमित दिनको दुई पटक भने गर्नुपर्ने हुन्छ ।
यसलाई अभियानकै रूपमा मुलुकका सबै अस्पताल, कारागार, बाल सुधार लगायत शैक्षिक संस्थाहरूमा अनिवार्य गराउनु अत्यावश्यक हुन पुगेको छ । समस्या आइसकेपछि समाधान खोज्नुभन्दा पक्कै समस्या नै न आउने बाटो खोजी गर्नु राम्रो हो । त्यसैले सरकारी अङ्गहरू शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय आदिले यसलाई गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा