मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ, अर्का फरार

शुक्रबार, ०१ असोज २०७८, १३ : २५
शुक्रबार, ०१ असोज २०७८

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  तुल्सीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।  
सुनार र सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप