संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने
बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले राजधानीमा मार्च (र्याली) आयोजना गर्ने भएको छ । संविधान दिवसकै दिन पारेर नागरिक आन्दोलनले दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्म र्याली आयोजना गर्ने भएको हो । सो अवसरमा ‘संविधान पुनर्लेखन र संशोधन दबाब सभा’मा आयोजना गरिने जनाइएको छ ।
‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहलसमेत भएको छैन ।’
जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न पनि नागरिक आन्दोलनले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण