चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता
चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो । उनीहरुबीच द्धिपक्षीय हित र अन्य सहयोगका क्षेत्रहरुमा सहकार्य गर्ने बारेमा समझदारी भएको बताइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेटवार्ता भएको हो । उनीहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा अन्य मुद्दाहरुमा आपसी साझा सहमतिका साथ अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।
उनीहरुबीच हाल विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीका विरुद्धमा पनि मिलेर अघि बढ्ने सहमति भएको थियो । महामारीका विरुद्धको सहयोग र सहकार्यलाई एकसाथ अघि बढाइने चिनियाँ विदेशमन्त्रीले बताए । –सिन्हवा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड