शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलामा हुने थाइराइड क्यान्सरका सुरुवाती लक्षणहरु

शुक्रबार, ०१ असोज २०७८, ११ : ५३
शुक्रबार, ०१ असोज २०७८

क्यान्सर गम्भीर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई समयमा नै पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्श भने लिनु पर्छ ।

त्यसैले कुनै पनि अंगमा क्यान्सर हुनुअघि त्यसका सुरुवाती लक्षणहरुको बारेमा जानकारी हुन आवश्यक छ । महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । महिलाहरूमा पछिल्लो समय थाइराइड क्यान्सर पनि हुने गरेको पाइन्छ । थाइराइड क्यान्सरका सुरुवाती लक्षणहरु के–के हुन् भन्ने विषयमा समयमा नै जानकारी लिने गर्नुपर्छ । 

थाइराइड क्यान्सर मानिसहरुको घाँटीमा हुने गर्छ । घाँटीमा लामो समयसम्म सुन्निने तथा दुख्ने लक्षण देखा पर्छ । घाँटीमा देखिने रोगहरुलाई बेवास्ता गर्नुहुँदैन । टन्सिल वा अन्य समस्या भनेर बेवास्ता गर्दा घाँटीको क्यान्सर हुने गर्छ । घाँटीको भित्री भागमा दुखाई तथा सुन्निने समस्या देखिएमा थाइराइड हुन सक्छ । त्यसलै समयमा नै उपचार गर्ने गर्नुपर्छ ।

यसका साथै, थाइराइडको क्यान्सरमा शरीर कमजोर हुने, हाडजोर्नी दुख्ने तथा मांशपेशीहरुमा दुखाई हुने जस्ता लक्षणहरु देखापर्छन् । थाइराइड वा थाइराइड क्यान्सरले एक पटक समातेमा फेरि यसबाट छुटकारा पाउन अत्यधिक मुश्किल हुन्छ । 

सुरुवातमा महिनावारी भएको समयमा अत्यधिक दुखाई हुन्छ । यसका साथै, गर्भाधान गर्न समस्या भएमा सबैभन्दा पहिले थाइराइड क्यान्सरको जाँच गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप