शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नरेन्द्र मोदीको जन्मदिनमा ‘राष्ट्रिय बेरोजगार दिवस’ मनाउने घोषणा

शुक्रबार, ०१ असोज २०७८, १० : ५१
शुक्रबार, ०१ असोज २०७८

भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन भव्य तरिकाले मनाउँदै छ तर विपक्षी कांग्रेसले भने यसलाई ‘राष्ट्रिय बेरोजगार दिवस’ को रुपमा मनाउने घोषणा गरेको छ ।

यसका लागि बिजेपीले २० दिनको एक राष्ट्रव्यापी अभियानको योजना बनाएको छ जसलाई ‘सेवा र समर्पण अभियान’ को नाम दिइएको छ । यो अभियान ७ अक्टोबर समाप्त हुनेछ ।

मोदीको ७१ औं जन्मदिन १७ सेप्टेम्बरमा (आज) परेको छ ।  यस्तै, यसको बीस दिनपछि अर्थात् ७ अक्टोबरमा आजभन्दा २० वर्षअघि मोदीले गुजरातका मुख्यमन्त्रीको रुपमा शपथ लिएका थिए ।

प्रधानमन्त्रीको जन्मदिन मनाउने बिजेपीको तयारीमा थुप्रैले आलोचना पनि गरिरहेका छन् । बिजेपीको तयारीका बीच किसान नेता इन्दरजीत सिंहले बिजेपीको निन्दा गरेका छन् । उनले भने, ‘एकातिर किसान साढे ९ महिनादेखि सडकमा आन्दोलन गरिरहेका छन् भने अर्कातिर सर्वसाधारण कोरोनका कारण भएको हानीबाट उत्रिन सकेका छैनन, यता प्रधानमन्त्री जस्ता महत्वपूर्ण व्यक्तिको जन्मदिन मनाउनका लागि २० दिनसम्म कार्यक्रम चलाउने कुरा गर्नु दुर्भाग्यपूर्ण हो ।’

यसका लागि बिजेपीले चार सदस्यीय समिति बनाएको छ ताकि अभियानका बेला पार्टी कार्यकर्ताका लागि कार्यक्रम आयोजना गर्न सकियोस् । यो समितिको नेतृतव कैलाश विजयवर्गीयले गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप