अमेरिकी डलरको भाउ ४ पैसाले बढ्यो, अन्य देशका मुद्रा साट्दा कति पाइन्छ ?
हिजोको तुलनामा आज (शुक्रबार) अमेरिकी एक डलरको भाउ ४ पैसाले बढेको छ । बिहीबार सो मुद्राको खरिद दर ११७.२९ र बिक्री दर ११७.८९ रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले आज खरिद दर ११७.३३ र बिक्री दर ११७.९३ रुपैयाँ तोकेको हो ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १३८.०९ र बिक्री दर १३८.८० रुपैयाँ तथा बेलायती मुद्रा पाउन्ड स्टर्लिङको खरिद दर १६२.२२ र खरिद दर १६३.०५ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५.८७ र बिक्री दर ८६.३१ रुपैयाँ तथा क्यानडेली डलर एकको खरिद दर ९२.८८ र ९३.३५ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
आज सिंगापुर डलर एकको खरिद दर ८७.३५ र बिक्री दर ८७.७६ रुपैयाँ कायम गरिएको छ । जापानी यन १० को खरिद दर १०.७३ र बिक्री दर १०.७८ रुपैयाँ तोकिएको छ । चिनियाँ युआन एकको खरिद दर १८.२० र बिक्री दर १८.३० रुपैयाँ, साउदी अरबियन रियालको खरिद दर ३१.२८ र बिक्री दर ३१.४४ रुपैयाँ, कतारी रियालको खरिद दर ३१.२२ र बिक्री दर ३२.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै, दक्षिण कोरियाली वन १०० को खरिद दर १० र बिक्री दर १०.०५ रुपैयाँ, हङकङ डलर एकको खरिद दर १५.०७ र बिक्री दर १५.१५ रुपैयाँ, कुबेती दिनार एकको खरिद दर ३९०.०७ र बिक्री दर ३९७.०७ रुपैयाँ तथा बहराइन दिनार एकको खरिद दर ३११.२२ र बिक्री दर ३१२.८१ रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?
-
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी