मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरको भाउ ४ पैसाले बढ्यो, अन्य देशका मुद्रा साट्दा कति पाइन्छ ?

शुक्रबार, ०१ असोज २०७८, १० : ३८
शुक्रबार, ०१ असोज २०७८

हिजोको तुलनामा आज (शुक्रबार) अमेरिकी एक डलरको भाउ ४ पैसाले बढेको छ । बिहीबार सो मुद्राको खरिद दर ११७.२९ र बिक्री दर ११७.८९ रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले आज खरिद दर ११७.३३ र बिक्री दर ११७.९३ रुपैयाँ तोकेको हो । 
यस्तै, युरोपियन युरो एकको खरिद दर १३८.०९ र बिक्री दर १३८.८० रुपैयाँ तथा बेलायती मुद्रा पाउन्ड स्टर्लिङको खरिद दर १६२.२२ र खरिद दर १६३.०५ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५.८७ र बिक्री दर ८६.३१ रुपैयाँ तथा क्यानडेली डलर एकको खरिद दर ९२.८८ र ९३.३५ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

आज सिंगापुर डलर एकको खरिद दर ८७.३५ र बिक्री दर ८७.७६ रुपैयाँ कायम गरिएको छ ।   जापानी यन १० को खरिद दर १०.७३ र बिक्री दर १०.७८ रुपैयाँ तोकिएको छ ।  चिनियाँ युआन एकको खरिद दर १८.२० र बिक्री दर १८.३० रुपैयाँ, साउदी अरबियन रियालको खरिद दर ३१.२८ र बिक्री दर ३१.४४ रुपैयाँ, कतारी रियालको खरिद दर ३१.२२ र बिक्री दर ३२.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

यस्तै, दक्षिण कोरियाली वन १०० को खरिद दर १० र बिक्री दर १०.०५ रुपैयाँ, हङकङ डलर एकको खरिद दर १५.०७ र बिक्री दर १५.१५ रुपैयाँ, कुबेती दिनार एकको खरिद दर ३९०.०७ र बिक्री दर ३९७.०७ रुपैयाँ तथा बहराइन दिनार एकको खरिद दर ३११.२२ र बिक्री दर ३१२.८१ रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप