शुरु भयो दसैँ तिहार लक्षित सहुलियत पसल (तस्बिरहरु)
![शुरु भयो दसैँ तिहार लक्षित सहुलियत पसल (तस्बिरहरु)](https://rpcdn.ratopati.com/media/albums/sahuliyat_pasal_13_4LPm28I5NN.jpg)
सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दसैँ–तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।
सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बताइन् । उनले दसैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुने बताइन् ।
दसैँ– तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । व्यापार कम्पनी, कर्पोरेशन र दुग्ध विकास संस्थानले उपत्यकामा पनि सहुलियत पसल सञ्चालन गर्नेछन् ।
आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । यस बीचमा व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर
-
खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
-
महामन्त्री मुकुल ढकालमाथि कारबाही हुनसक्छ : उपसभापति अर्याल
-
एमाले अध्यक्ष ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?
-
सर्वोच्चद्वारा भौतिक मन्त्रालयका पूर्वसहसचिव रञ्जितकार भ्रष्टाचारी ठहर
-
बीआरआईबारे कांग्रेसको अडान : ऋण स्वीकार्य छैन