चेल्सीका खेलाडी जेम्सको घरबाट च्याम्पियन्स लिग र यूरो २०२० को पदक चोरियो
आफ्नो घरबाट च्याम्पियन्स लिग र यूरो २०२० को पदक भएको सेफ चोरी भएको भन्दै रिस जेम्सले फुटबल समुदायलाई चोरीमा संलग्नहरूको पहिचान गर्न मद्दत गर्न अपिल गरेका छन् ।
चेल्सीका फूलब्याकले आफ्नो इन्सटाग्राममा पोस्ट गर्दै आफ्नो घरमा गत सेप्टेम्बर १४ मा चोरीमा भएको जानकारी दिएका हुन् । त्यतिबेला उनी जेनिट सेन्ट पिटर्सबर्गविरुद्ध खेल्न बाहिर रहेका थिए । उनले सामाजिक सञ्जालमा चोरीको घटनाको सीसीटिभी फुटेज पनि जारी गर्दै चोरहरु पहिचान गर्नका लागि मद्दत मागेका छन् ।
मंगलबार राति च्याम्पियन्स लिगमा जेनिटविरुद्ध १–० को जीत हासिल गर्ने क्रममा जेम्स घरबाहिर रहेका थिए । त्यतिबेला केही अज्ञात व्यक्तिहरू घरमा पसेर उनको सेफ चोरी गरेका थिए । उक्त सेफमा च्याम्पियन्स लिग र यूईएफए सुपर कप तथा यूरो २०२० को उपविजेताको मेडल रहेको उनको जानकारी दिएका छन् । चोरहरूको पहिचान गर्नका लागि २१ वर्षीय खेलाडीले उक्त घटनाको चारवटा सीसीटिभी फुटेज जारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन