अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौताबारे चीनले भन्यो, ‘यसले शीतयुद्धको मानसिकतालाई दर्साउँछ’

person explore access_timeअसोज १, २०७८ chat_bubble_outline0

चीनले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ऐतिहासिक सुरक्षा सम्झौता अकसको आलोचना गर्दै यसलाई असाध्यै गैर जिम्मेवारीपूर्ण बताएको छ । यो एक ‘छोटो मानसिकताको उदाहरण’ भएको पनि चीनले बताएको छ ।

चीनले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौताको निन्दा गर्दै यसले शीतयुद्धको मानसिकता दर्साउने पनि बतायो ।

यसअघि बेलायत, अमेरिका र अष्ट्रेलियाले एक विशेष सुरक्षा सम्झौताको घोषणा गरेको थियो । यस सम्झौता अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई न्यूक्लियर पनडुब्बीको प्रविधि प्रदान गर्नेछ ।

जानकारका अनुसार यो नयाँ सुरक्षा सम्झौतालाई एशिया प्रशान्त क्षेत्रमा चीनको प्रभावसँग प्रतिस्पर्धा गर्नका लागि बनाइएको हो ।

 यो क्षेत्र वर्षौंदेखि विवादको कारण बनेको छ र यहाँ तनावमा स्थिति छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘यसै कारण हतियारको अन्तरराष्ट्रिय फैलावट रोक्ने प्रयासलाई धक्का लाग्छ ।’

उनले अमेरिकी, बेलायत र अष्ट्रेलियाबीच भएको यो नयाँ रक्षा सम्झौताको निन्दा गरेका छन् ।

चिनियाँ सरकारी मिडियाले यो सम्झौताको विरोध गर्दै एउटा लेख प्रकाशित गरेको छ ।

ग्लोबल टाइम्स पत्रिकाको लेखमा भनिएको छ, ‘यो सम्झौतासँगै अष्ट्रेलियाले आफूलाई चीनको विरोधी बनाएको छ । ’

५० वर्षमा पहिलो पटक अमेरिकाले आफ्नो पनडुब्बी प्रविधि कुनै देशसँग साझा गरिरहेको छ । यसअघि अमेरिकाले बेलायतसँग मात्रै यो प्रविधि साझा गरेको थियो ।

यसको अर्थ यो हो कि अष्ट्रेलिया अब परमाणु सञ्चालित पनडुब्बीको निर्माण गर्न सक्षम हुनेछ जुन पारम्परिक रुपमा सञ्चालित पनडुब्बीहरुको तुलनामा अत्यधिक तीब्र र विध्वंशकारी हुन्छ । यो विशेष पनडुब्बी महिनौंसम्म पानीभित्र बस्न सक्छ र लामो दुरीसम्म मिसाइल दाग्न सक्छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक संयुक्त भर्चुअल पत्रकार सम्मेलनमा ‘अकस’ सम्झौताबारे जानकारी दिए ।

यद्यपि, यतिबेला कसैले पनि सिधा रुपमा चीनबारे उल्लेख गरेका थिएनन् तर तीनै नेताले बारम्बार क्षेत्रीय सुरक्षाको विषयमा चिन्ता व्यक्त भने गरेका थिए ।

अकस सुरक्षा सम्झौतामा एक संयुक्त बयान जारी गर्दै भनियो, ‘अकस अन्तर्गत पहिलो पहलको रुपमा हामी रोयल अष्ट्रेलियाली नौसेनाका लागि परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीको निर्माण गर्नका लागि प्रतिबद्ध छौं ।’

अमेरिकाको अष्ट्रेलियासँग परमाणु पनडुब्बी खरिदको सम्झौतामाथि फ्रान्सले तिखो प्रतिक्रिया दिएको छ । वास्तवमा अष्ट्रेलियाले यही परमाणु पनडुब्बी फ्रान्सबाट खरिद गर्दैै थियो ।

 फ्रान्सका विदेशमन्त्री जो इव ले ड्रियांले यसलाई ‘पिठ्यूँमा छुरा रोप्नु’ जस्तो बताएका छन् । फ्रान्सले पाँच वर्ष अघि पारम्परिक रुपमा सञ्चालित १२ पनडुब्बी अष्ट्रेसलियालाई बेच्नका लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यो सम्झौता ५६ बिलियन यूरोको थियो । तरपनि बेलायत–अमेरिका–अष्ट्रेलिया एक रणनीतिक साझेदारीको सम्झौता गरिरहेको खबर आइरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।