शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष नेपालले पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै

शुक्रबार, ०१ असोज २०७८, १० : ०३
शुक्रबार, ०१ असोज २०७८

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । काठमाडौं –३१ आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने लागेका हुन् ।

अध्यक्ष नेपालले शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय उद्घाटन गर्ने छन् । 


पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो । एकीकृत समाजवादीले यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप