पोनोग्राफी प्रकरण : शिल्पा शेट्टीले बयानका क्रममा खोलेका १० रहस्य
पोनोग्राफी प्रकरणमा व्यवसायी राज कुन्द्रामा जेलमा छन् । उनीमाथि अश्लिल फिल्म बनाएर प्रशारण गरेको आरोप लागेको छ । राज कुन्द्रासँगै यस प्रकरणमा पुनम पाण्डेसहित मोडलहरु पनि मुछिएका छन् । राजको पोनोग्राफी प्रकरणका विषयमा अभिनेत्री तथा राजकी पत्नी शिल्पा शेट्टीले पनि बयान दिइन् । शिल्पाले मुम्बईको अपराध शाखालाई दिएको बयान भारतीय सञ्चार माध्यम आज तकले प्रकाशित गरेको छ ।
जसमा शिल्पाले दिएको बयानलाई १० बुँदामा राखिएको छ ।
१. शिल्पा शेट्टीले आम्र्सप्राइम मिडिया कम्पनीको बारेमा जानकारी दिइन् । उनका अनुसार उक्त कम्पनीले छोटा फिल्म बनाउने काम गर्छ । जसमा अभिनेत्रीहरु आफ्ना इच्छा अनुसार प्रस्तुत हुने गर्थे ।
२. आम्र्सप्राइम मिडिया कम्पनीमा राज कुन्द्रा सन् २०१९ मा जोडिएका थिए । यसबाट राज कुन्द्राले राम्रै फाइदा कमाएका थिए । यस कम्पनीमा राजका पार्टनर सौरभ कुशवाहा पनि थिए । तर, उनीहरु केही समयपछि अलग भए ।
३. शिल्पाले उमेश कामथसँग पनि चिनजान भएको स्वीकार गरिन् । उनले उमेश भियान इन्डस्ट्रीजमा काम गर्ने गरेको पनि बताइन् ।
४. उनले उमेश कामथले गहना वशिष्ठसँग मिलेर पोर्न भिडियो बनाएको पनि बताइन् । उनले उक्त भिडियो बेच्ने गरेको र उमेश कामथलाई प्रहरीले पक्राउ गरेको खुलाइन् ।
५. शिल्पाले बोलीफेम एपको बारेमा पनि बताइन् । उनले उक्त एपको बारेमा कुनै पनि जानकारी नभएको बयान दिइन् । बोलीफेम राजको नयाँ प्रोजेक्ट हो । उनी यसका लागि काम गरिरहेका थिए ।
६. शिल्पाले भियान इन्डस्ट्रीमार्फत ह्वाटशप एप बनाएको कुरा थाहा नभएको बताइन् । जसमार्फत पोर्न बनाएर बेच्ने गरिन्थ्यो ।
७. शिल्पाले आफूलाई निर्दोष भएको भन्दै राज कुन्द्राको व्यवसायको बारेमा कुनै पनि जानकारी नभएको बताइन् । उनले राजलाई कुनै पनि कुरा नसोधेको र राजले पनि नबताएको बयान दिइन् ।
८. शिल्पाले भनिन्, ‘म आफ्नै काममा व्यस्त थिएँ । मैले पतिसँग के गर्छौ भनेर कहिल्यै सोधिन । उनले पनि आफ्नो कामको विषयमा कहिल्यै बताएनन् ।
९. शिल्पाले राज कुन्द्राका पार्टनर सौरभ कुशवाहासँग मतभेद भएको र उनीहरु अलग भएको पनि बताइन् ।
१०. शिल्पाले बयानका क्रममा राजसँग कसरी भेटघाट भएको र उनीहरुको विवाहको बारेमा पनि खुलाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण