मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ज्योतिष कुना

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

शुक्रबार, ०१ असोज २०७८, ०६ : ०८
शुक्रबार, ०१ असोज २०७८

वि.सं.२०७८ साल असोज ०१ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– एकादशी, ,बिहान ०८ बजेर २९ मिनेट उप्रान्त द्घादशी । नक्षत्र–श्रवण,रातको ०४ बजेर ४७ मिनेट उप्रान्त धनिष्ठा । योग–अतिगण्ड, बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त सुकर्मा । करण– भद्रा, बिहान ०८ बजेर २९ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर ४१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मकर । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान ३० घडी ३७ पला ।  आश्विन संक्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस, हरि परिवर्तिनी एकादशी व्रत,वामन द्वादशी  ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । मेसिनरी सामानको सरसफाई तथा पूजामा समय व्यातित हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी  गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिए पनि आम्दानी न्युन हुने हुँदा आवश्यक्ता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने शत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साइड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रयत्न गर्दा बिभिन्न अवसरहरू प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना समस्या हरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्ईँले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप