कालिमाटी खुकुरी प्रहार घटना : अभिमानसिंह बस्नेतसहित ४ जना पक्राउ
काठमाडौंको कालिमाटीमा नेपालगञ्ज घर भएका हेमराज शाहीलाई एउटा समूहले दिनदहाडै खुकुरी हान्यो । भदौ १८ मा दिउँसो साढे २ बजे तरकारी बजार पछाडिको क्लब गल्लीमा खुकुरीको शिकार भएका शाही ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् ।
घटना भएको ११ दिनपछि महानगरीय अपराध महाशाखाले अभिमानसिंह बस्नेतलाई पक्राउ गरेको छ । बुधवार राति सीतापाइलाबाट पक्राउ गरिएका अभिमानसिंह गुण्डा नाइके समिरमानसिंह बस्नेतका भतिजा हुन् । २०७४ असोजमा नयाँ बानेश्वरमा निर्माण ब्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या अभियोगमा समिरमान पुर्पक्षका लागि थुनामा छन् ।
खुकुरी हानेको घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भदौ २१ मा ३ जना युवतीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मनु लामा र सानिया लामासहित ३ जना छन् । उनीहरुलाई सार्वजनिक हितविरुद्धको मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
यस्तो थियो घटना
काठमाडौंभन्दा पहिले नेपालगञ्जमा खुकुरी प्रहारको घटना भएको थियो । लागुऔषध कारोबार गर्ने जेन शाहको समूहलाई हेमराजले नेपालगञ्जमा खुकुरी हानेर काठमाडौं आएका थिए । शाहीविरुद्ध नेपालगञ्ज प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ ।
नेपालगञ्जको खुकुरी प्रकरणको बदला लिन जेन शाहले सिन्धुपाल्चोकका सोमन श्रेष्ठ उर्फ च्याँखेसँग मिलेर हेमराजलाई खुकुरी हान्ने योजना बनाए । ललितपुरको ग्वार्को र टीकाथलीमा फ्ल्याट लिई ३ जना युवतीलाई राखेर उनीहरुले हेमराजलाई समाजिक सञ्जालमार्फत फिसिङ गरेका थिए ।
भदौ १८ मा मनु लामाले फेसबुकमा च्याट गरेर भेट्न आग्रह गरेपछि हेमराज कालीमाटीमा गए । त्यहीँ लुकेर बसेका चार–पाँच जना युवाले उनलाई खुकुरी हानेर भागे । मनु लामा र सोनियाको साथबाट प्रहरीले ३ वटा खुकुरी बरामद गरेको छ ।
खुकुरी हान्ने कार्यमा संलग्न मुख्य आरोपीहरु फरार छन् । अभिमानसिंह बस्नेतले खुकुरी हान्ने समूहलाई संरक्षण गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुद भित्रको राजनीतिले गर्दा वितृष्णा भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ
-
सूचना संयन्त्र कमजोर हुँदा संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको निष्कर्ष
-
खेलाडी पलायन निराकरण गर्न मन्त्री श्रेष्ठसँग आग्रह
-
विराट गोल्डकपको तयारी तीव्र
-
इलाम २ मा सम्पूर्ण ध्यान लगाउने एमाले कोशीको निर्णय
-
इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा