मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ लुक्सका कारण ट्रोलको निशानामा परिन् नेहा कक्कड

बिहीबार, ३१ भदौ २०७८, २२ : ०८
बिहीबार, ३१ भदौ २०७८

गायिका नेहा कक्कडले उद्योगमा नाम बनाउन निकै संघर्ष गरेकी छन् । तर लामो समयदेखि उनी ट्रोलरको निसानामा परिरहेकी छन् । नेहा र उनका भाइ अक्सर आफ्ना अन्तरंगी गीतका कारण प्रसंशकको निशानामा पर्दछन् ।

नेहाले ‘आँख मारे’, ‘गर्मी’, ‘दिलको करार आया’ जस्ता कयौं हिट गीत दिएकी छन् । तर केही समयदेखि उनका गीत प्रसंशकलाई मन परेको छैन । हालै उनले भाई सोनु र गायक हनी सिंहको साथमा मिलेर ‘कान्टा लगा’ गीत ल्याएकी छन् । गीत फ्यानले रुचाएनन् । हालै उनले केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसको कारण उनी ट्रोलको निसानामा परिन् ।

तस्बिरमा उनले शिमरी गुलाबी करसेटका साथ हरियो स्कर्ट लगाएकी छन् । जसमा उनले दुक्स ब्लान्ड बनाएकी छन् । नेहा यो फेसन सेन्स कारणले ट्रोलको निशानामा परिरहेकी छन् । नेहाले जु स्टाइल बनाएकी छन् । त्यो स्टाइल हलिउडमा आफ्नो गीत सार्वजनिक गर्ने बेला प्रायः गायिकाले बनाउने गर्दछन् । नेहाले लुक्स कपी गरेको कारण उनी ट्रोलको निशानामा परेकी हुन् । उनको यो लुक्सलाई थुप्रैले कमेन्ट गरेका मजाक उडाएका छन् । ती मध्ये एकले लेखेका छन् ‘दिदी बनिन् शकिरा, भइन् फकिरा ।’

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप