मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एलपी ग्यास उद्योग संघको नेतृत्वमा कुशप्रसाद मल्ली

बिहीबार, ३१ भदौ २०७८, २१ : ४१
बिहीबार, ३१ भदौ २०७८

नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्वमा  कुशप्रसाद मल्ली चयन भएका छन् । संघको नयाँ नेतृत्वका बिहीबार भएको सभाले मल्लीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसअघि मल्ली संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।  यसैगरी उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला चयन भएका छन् भने सचिवमा आशिष जाजोदिया निर्विरोध भएका चयन भएका छन् ।

यस्तै, संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध चयन भएका छन् । संघको अन्य सदस्यहरूमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।

पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको अन्तिम प्रयासपछि निर्विरोध कार्य समिति चयनको बाटो खुलेको हो । सहमतिका लागि निवर्तमान अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति समेत गठन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप