मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा डुबेर २ बालिकाको मृत्यु

बिहीबार, ३१ भदौ २०७८, २१ : ३१
बिहीबार, ३१ भदौ २०७८

रौतहटमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकामा बिहीबार पोखरीमा डुबेर २  बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कटहरिया नगरपालिकाको ६ की १० वर्षीय निशु कुश्वाहा र बृन्दाबन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारी रहेका छन् । दुवै बालिकाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

देवाही गोनाही  ७ का वडा अध्यक्ष जगरनाथ मुखियाको निर्माणाधीन पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ ।  पोखरीमा घोंगी लिन गएका बालिकाहरुको  पोखरीमा डुबेर मृत्यु भएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा  स्थानीयवासीको सहयोगमा शव पोखरीबाट बाहिर निकालिएको थियो । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप