मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चार विधेयक फिर्ता लिन काउन्सिलको आग्रह

बिहीबार, ३१ भदौ २०७८, २० : ५३
बिहीबार, ३१ भदौ २०७८

प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’  फिर्ता लिन आग्रह गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले बाधा पुर्याएको भन्दै काउन्सिलले फिर्ता लिन आग्रह गरेको हो । 

काउन्सिलले आज विज्ञप्ति जारी गरी विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा हस्तक्षेप गरेको जनाएको छ । विधेयकमा जसका विरुद्ध समाचार लेख्यो उसैले पत्रकारलाई कारबाही गर्न सक्ने, सूचनाको हक खोस्ने जस्ता विवादास्पद प्रावधान राखिएकोमा आपत्ति जनाइएको छ । 

“संविधान र कानून विपरीत यसरी ल्याइएको अन्य विधेयकका विषयमा यसअघि नै काउन्सिलले आफ्ना सुझाव र धारणा सार्वजनिक गरिसकेको छ । गण्डकी प्रदेशसभामा पेश भएको विधेयकले सञ्चार क्षेत्र र आमनागरिकको हकमा आघात पुर्‍याएकोले विवादास्पद उक्त विधेयक तत्काल फिर्ता लिन प्रेस काउन्सिल नेपाल आग्रह गर्दछ” विज्ञप्तीमा भनिएको छ । साथै काउन्सिलको बैठकले मिडियासम्बन्धी विधेयक प्रस्तुत भएका सबै प्रदेश सरकारलाई यसबारे लिखित सुझाव पेश गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप