आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामको देउवालाई पाँच सुझाव

बिहीबार, ३१ भदौ २०७८, २० : २०
बिहीबार, ३१ भदौ २०७८

 

जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचवटा सुझाव दिएका छन् ।  पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपालसँग आजको भेटमा ती सुझावहरू दिएका हुन् ।

यस्ता छन् भट्टराईका सुझावहरू

१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।
२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने ।
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप