तलबभत्ता वृद्धि गर्न माग गर्दै शिक्षक आन्दोलित
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका बाल विकास तथा विद्यालयका कर्मचारीहरुले तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । जनकपुरधाम उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका छन् ।
बाल विकास शिक्षक तथा कर्मचारीहरुले जनकपुरधामको जनक चोकबाट निकालेको –याली नगर परिक्रमा गर्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेको थियो । शिक्षकका प्रतिनिधिले उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहित तथा सेवा सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतबाट फैसला भइसके पनि जनकपुरधाम उपमहानगरले लागू नगरेको भन्दै आन्दोलन परिचालन समितिका अध्यक्ष रामहृदय यादवले लेखापालको मासिक तलब १८ हजार ५ सय रुपैयाँ र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार रुपैयाँ हुनुपर्ने माग गरे ।
बाल विकासका शिक्षकहरू खानसम्म नपुग्ने गरी मासिक ६ हजार रुपैयाँ तलबमा चित्त बुझाउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने माग उनीहरुले अघि सारेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत ४९ वटा सामुदायिक विद्यालयमा करिब २ सय बाल विकास शिक्षक कार्यरत छन् ।
सो कार्यक्रम सरकारले आर्थिक वर्ष ०५३÷०५४ मा ल्याएको थियो । यस अवधारणा अन्तर्गत विपन्न वर्गका ३ देखि ५ वर्षसम्मका बालबालिकालाई विद्यालय जान अभिप्रेरित गर्नुका साथै शिक्षामा प्रत्यक्ष आवद्ध हुन नसकेका बालबालिकालाई रेखदेख गर्ने र पाँच वर्षपछि स्कुल जान मानसिक रूपमा तयार पार्ने कामका लागि बाल विकास शिक्षकको अवधारणा आरम्भ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म