अनियमितताको विरोधमा आन्दोलन गर्ने जनप्रतिनिधिमाथि कुटपिट

person explore access_timeभदौ ३१, २०७८ chat_bubble_outline0

 

जनकपुर । धनुषाको एक स्थानीय तहमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका जनप्रतिनिधिमाथि कुटपिट भएको छ । धनौजी गाउँपालिका–३ का वडा अध्यक्ष राम दुलार मण्डलले अनियमितता गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका वडा सदस्य रामकुमार महतोलाई बिहीबार गाउँबाट जनकपुर आउने क्रममा बाटोमै घेरा हाली कुटपिट गरिएको हो ।

वडा सदस्य महतो नेकपा एकीकृत समाजवादीको क्षेत्रीय भेलामा सहभागी हुन जनकपुरधाम आउने क्रममा बाटोमा सोही वडाका कार्यालय सहयोगीसमेत रहेका राम पूजन मुखिया र वडा अध्यक्ष रामदुलार मण्डलका भतिज प्रदीप मण्डलले घेरा हाली कुटपिट गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

उनले वडाध्यक्ष मण्डलको निर्देशनमा योजनाबद्ध ढंगले वडा सदस्य महतोमाथि कुटपिट भएको बताए । केन्द्रीय सदस्य श्रीप्रसाद साहले कुटपिटमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

वडा सदस्य महतोलगायतले धनौजीको वडा नम्बर ३ मा विभिन्न शीर्षकमा विनियोजित बजेट लक्षित वर्गमा वितरण नगरिएको, विकास निर्माणका काममा बजेट खर्च गरे पनि व्यवहारिक रूपमा काम नभएको लगायतका आरोप लगाउँदै वडाध्यक्ष मण्डलविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरूले वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।