शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देशकै दोस्रो बनेकोमा ललितपुरका प्रजिअलाई ललितपुर उद्योग वाणिज्य संघले दियो बधाई

बिहीबार, ३१ भदौ २०७८, १९ : ४०
बिहीबार, ३१ भदौ २०७८

ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बधाई दिएको छ । देशका ७७ वटा जिल्ला प्रशासन कार्यालयमध्ये ललितपुर जिल्ला प्रशासन कार्यालय दोस्रो बनेपछि संघले बधाई दिएको हो । संघका अध्यक्ष मनोज बहादुर न्याछ्योको नेतृत्वमा संघले बधाई दिएको हो ।

संघले जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौला र वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई बधाई एवं सम्मान गरेको बताएको छ । कार्यक्रममा संघका अध्यक्ष न्याछ्योले ललितपुर उद्योग वाणिज्य संघले जिल्लाको उद्योग तथा व्यापार व्यवसायको संरक्षण र सम्बर्द्धन गर्दै आएको बताए । 

यस्तै, उनले आर्थिक तथा सामाजिक विकासको लागि विगत ५५ वर्षदेखि संघले निरन्तर काम गर्दै आएको बताए । अध्यक्ष न्याछ्योंले कोरोना भाइरसको दोस्रो लहरको बढ्दो सङ्क्रमणलाई मध्यनजर राखी अक्षेश्वर महाविहार, पुलचोकमा सञ्चालन गरेको समेत बताए । 

कोभिड सङ्क्रमितहरूको चाप बढेसँगै उपचारको क्रममा अति आवश्यक अक्सिजनको कमीले गर्दा उपचारमा समस्या उत्पन्न भएकोले अक्सिजन सिलिन्डरको व्यवस्था गरि उपचारमा सहजीकरण गरिदिएको समेत उनले बताए । ललितपुर महानगरपालिकाको सहयोगमा संघका ५ हजार उद्यमी व्यवसायीहरूलाई कोभिड खोप दिइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलाले सरकारी प्रशासनबाट जिल्लाका आर्थिक विकासका साथै विकास निर्माण एवं सुरक्षामा जिम्मेवार बनाउन आफूले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै सरकारी अधिकारीहरूले जनता प्रति जबाफदेही भएर सेवाग्राहीहरूको काम गर्नु पर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप